BIZMANDU
www.bizmandu.com

साइबर आक्रमण गरेको आरोपमा अमेरिकामा समातिए ७ चिनियाँ नागरिक, सूचना दिनेलाई १ करोड

२०८० चैत्र १३

साइबर आक्रमण गरेको आरोपमा अमेरिकामा समातिए ७ चिनियाँ नागरिक, सूचना दिनेलाई १ करोड
Photo : Reuters


लाखौं अमेरिकी अनलाइन अकाउन्टहरु चिनियाँ नागरिकले ह्याक गरेको दाबी अमेरिकी अधिकारीहरुले गरेका छन्।

Tata
GBIME

‘साइबर अट्याक क्याम्पेन’ संचालन गरेको आरोपमा अमेरिकाले ७ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। १४ वर्षदेखि उनीहरु अमेरिकामा ह्याकिङ अपरेसन संचालनमा संलग्न रहेको अमेरिकी दाबी छ।

अमेरिकी अधिकारीहरुले पक्राउ परेका ७ जनाको बारेमा सूचना दिनेलाई १० मिलियन अमेरिकी डलर (१ करोड रुपैयाँ) दिने घोषणा पनि गरेको छ।

अमेरिकाको न्याय विभागका अनुसार ह्याकरहरुको निसानामा चीनका आलोचकहरु थिए। जसमा अमेरिकी सरकारी कर्मचारी, विदेशी आलोचक, व्यापारी र नेताहरु छन्।

पक्राउ परेकाहरुले विभिन्न व्यक्तिलाई १० हजार ‘मेलसियस मेल’ पठाएको अमेरिकाले जनाएको छ। यो ह्याकिङ समूहलाई चीन सरकारको समर्थन रहेको अमेरिकाको दाबी छ।

चीनले भने अमेरिकी आरोपलाई निराधार भन्दै खण्डन गरेको छ।

बेलायतले पनि चीन ‘मलसियल साइबल क्याम्पेन’मा लागेको आरोप लगाएको छ।