BIZMANDU
www.bizmandu.com

एसियाली राजमार्गमा जोडिँदै नेपाल : पहिलो चरणको काम सुरु, १२० किलोमिटर चार लेनको बन्ने

२०८० चैत्र १२

एसियाली राजमार्गमा जोडिँदै नेपाल : पहिलो चरणको काम सुरु, १२० किलोमिटर चार लेनको बन्ने
एसियाली राजमार्गमा जोडिँदै नेपाल : पहिलो चरणको काम सुरु, १२० किलोमिटर चार लेनको बन्ने

काठमाडौं ।  एसिया महादेशका ३२ मुलुकलाई जोड्ने ‘एसियाली राजमार्ग’ निर्माणको पहिलो चरणको काम सुरू भएको छ।

Tata
GBIME
Nepal Life

पहिलो चरणको कार्यअन्तर्गत झापाको कमल गाउँपालिकाको सीतापुरीदेखि इटहरीको देवी खोलासम्मको पश्चिम खण्डमा रूख कटान सुरू भएको हो। त्यसमध्ये पश्चिम खण्डको सडक निर्माणको जिम्मा काठमाडौंको जैन सिआर, एफ जि टुडी कम्पनीले पाएको छ।

 एसियाली विकास बैंकको सहयोगमा एसियन हाइवेसँग जोडिएको पूर्वी नेपालको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म १२० किलोमिटर सडक चार लेनको काम अघि बढेको जैन सिआर, एफ जि टुडी कम्पनीका प्रतिनिधि हरिप्रसाद पराजुलीले जानकारी दिए।

पश्चिम खण्डका क्षेत्रमा करिब ६ हजार ७३७ रूख कटान हुने तथा तीन वर्षभित्रमा सडक निर्माण गर्ने गरि सम्झौता भएको कम्पनीका प्रतिनिधि पराजुलीले जानकारी दिए।

एसियाली विकास बैंकको २८ अर्ब १७ करोडको लागतमा झापा, मोरङ र सुनसरीसँग जोडिएको पूर्व–पश्चिम राजमार्गको १२० किमी क्षेत्र चार लेनको बन्ने भएको छ। जम्मा ७१ नयाँ पुलसहित राजमार्ग विस्तार हुने कम्पनीका प्रतिनिधि पराजुलीले बताए।