BIZMANDU
www.bizmandu.com

इसुजु डी-म्याक्स पिकअप पनि अब इलेक्ट्रिक भर्सनमा, सार्वजनिक गरियो कन्सेप्ट

२०८० चैत्र १२

इसुजु डी-म्याक्स पिकअप पनि अब इलेक्ट्रिक भर्सनमा, सार्वजनिक गरियो कन्सेप्ट
इसुजु डी-म्याक्स पिकअप पनि अब इलेक्ट्रिक भर्सनमा, सार्वजनिक गरियो कन्सेप्ट

काठमाडौं। इसुजु डी-म्याक्स पिकअपको इलेक्ट्रिक भर्सन कन्सेप्ट थाइल्यान्डमा सार्वजनिक गरिएको छ। यो यसै साता सुरु हुने बैंकक इन्टरनेसनल मोटर शोमा सार्वजनिक गर्ने तयारी गरिएको गाडी हो।

Tata
GBIME
Nepal Life

यसअघि टोयोटाले हाइलक्स पिकअपलाई इभीमा उतार्ने योजना बनाएको थियो। तर त्यसअघि इसुजुले डी- म्याक्स पिकअपलाई इलेक्ट्रिकमा ल्याउने निश्चित भएको हो। यसका लागि कम्पनीले गाडीको कन्सेप्ट सार्वजनिक गरेको छ।

यो पिकअपमा ड्युअल मोटर सिस्टम हुनेछ भने यसले १७६ पीएस पावर र ३२५ एनएम टर्क उत्पादन गर्छ। यसमा फोर ह्विल ड्राइभका लागि ई-एक्सल सिस्टम हुनेछ। यस्तै ६६.९ किलोवाट आवर(युनिट)को लिथियम आयोन ब्याट्री उपलब्ध हुने कम्पनीले जनाएको छ।

तर यसको फुल चार्ज रेन्जबारे भने कुनै जानकारी दिइएको छैन। पिकअपको टप स्पिड १३० किलोमिटर प्रति घण्टा भन्दा बढी र लोड क्षमता एक हजार किलोग्राम हुनेछ। यो पिकअप बजारमा सन् २०२५ मा मात्र उपलब्ध हुनेछ।