BIZMANDU
www.bizmandu.com

ग्लोबल मनी विक : सेयर बजारमा लगानीबारे विद्यार्थीलाई प्रभु क्यापिटलको प्रशिक्षण

२०८० चैत्र १२

ग्लोबल मनी विक : सेयर बजारमा लगानीबारे विद्यार्थीलाई प्रभु क्यापिटलको प्रशिक्षण
ग्लोबल मनी विक : सेयर बजारमा लगानीबारे विद्यार्थीलाई प्रभु क्यापिटलको प्रशिक्षण

काठमाडौं। प्रभु क्यापिटलले ग्लोबल मनी विकका अवसरमा दुई क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ।

Tata
GBIME

क्यापिटलले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय व्यवस्थापन विभाग र पब्लिक युथ क्याम्पसका विद्यार्थीमाझ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको हो।

विद्यार्थीलाई मर्चेन्ट बैंकले गर्ने कार्य, पुँजी बजार, लगानी तथा जोखिमबारे जानकारी गराएको कम्पनीले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झाले प्रशिक्षण दिएका थिए। उनले विद्यार्थीलाई लगानी, वित्तीय योजना र जोखिम व्यवस्थापनसहित पुँजी बजारको सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ।