BIZMANDU
www.bizmandu.com

भाजपाले अभिनेत्री कंगना रनौटलाई बनायो लोकसभा उम्मेदवार, हिमाचलको मंडीबाट लड्ने

२०८० चैत्र १२

भाजपाले अभिनेत्री कंगना रनौटलाई बनायो लोकसभा उम्मेदवार, हिमाचलको मंडीबाट लड्ने
भाजपाले अभिनेत्री कंगना रनौटलाई बनायो लोकसभा उम्मेदवार, हिमाचलको मंडीबाट लड्ने


भारतमा अहिले लोकसभा निर्वाचनको माहोल छ। ७ चरणमा हुने निर्वाचनका लागि विभिन्न दलहरुले उम्मेदवार घोषणा गरिरहेका छन्।

Tata
GBIME
NLIC

सत्तारुढ भारतीय जनता पार्टीले यसपटक धेरै नयाँ अनुहारलाई चुनावी मैदानमा उतार्ने तयारी गरिरहेको छ। यसबीच बलिउड नायिका कंगना रनौटलाई पनि भाजपाले टिकट दिएको छ।

उम्मेदवारहरुको पाँचौं सूची जारी गर्दै भाजपाले कंगना रनौटलाई चुनावमा उठाउने घोषणा गरेको हो। उनलाई हिमाचल प्रदेशको मंडी लोकसभा क्षेत्रबाट टिकट दिइएको छ।

कंगना भाजपा र नरेन्द्र मोदीकी समर्थकका रुपमा चिनिन्छन्।