BIZMANDU
www.bizmandu.com

कोशीमा नबिल बैंकको ‘ग्लोबल मनि वीक’, ६०० बढी विद्यार्थीलाई दिइयो वित्तीय साक्षरताको कक्षा

२०८० चैत्र ९

कोशीमा नबिल बैंकको ‘ग्लोबल मनि वीक’, ६०० बढी विद्यार्थीलाई दिइयो वित्तीय साक्षरताको कक्षा
कोशीमा नबिल बैंकको ‘ग्लोबल मनि वीक’, ६०० बढी विद्यार्थीलाई दिइयो वित्तीय साक्षरताको कक्षा

काठमाडौं । विश्व वित्तीय सप्ताह (ग्लोबल मनि वीक)को अवसरमा नबिल बैंकले कोशी कलस्टरका ८ वटा शाखाबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

Tata
GBIME

चैत ६ गते नबिल बैंक कोशी कलस्टरका ८ शाखाले नजिकका विद्यालय र कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेका हुन्।

‘ग्लोबल मनी विक’ मूलतः किशोर-किशोरी तथा युवा-युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा थालिएको अभियान हो।

उक्त अभियान अन्तर्गत नबिल बैंकको कोशी कलस्टरका ८ शाखाले ६२० जना विद्यार्थीहरूलाई वित्तीय शिक्षा सिकाउने काम गरेको धरान शाखा प्रमुख उज्वल भण्डारीले बताए।

ती शाखाले ८ विद्यालयका ६२० जनालाई विद्यार्थीलाई पैसा किन बचत गर्ने, बचत गर्दा के फाइदा हुन्छ, अर्थतन्त्रमा कसरी योगदान दिन सकिन्छ भन्ने जानकारी प्रदान गरिएको थियो।

यसबाहेक मोबाइल तथा इन्टरनेट बैंकिङ लगायत डिजिटल फाइनान्सियल लिट्रेसीसम्बन्धी जानकारीहरू, यसबाट सेवा लिने प्रक्रिया र सुरक्षित तरिकाले सो सेवा कसरी प्रयोग गर्नेबारे जानकारी समेत उपलब्ध गराइएको उनले बताए।

नबिल बैंकको धरान शाखाले सहिद स्मृती माध्यामिक विद्यालयका कक्षा ११ र १२ का ५० जना विद्यार्थिहरुलाई वित्तीय शिक्षा जानकारी गराएको थियो।

त्यसैगरि, बैंकको दिक्तेल शाखाले दिक्तेल मल्टीपल क्यापसका ७० जना, सिंधुवा शाखाले श्री सरस्वति माध्यामिक विद्यालयका ८० जना, साँगुरीगढी शाखाले ग्रामिण जनता माध्यामिक विद्यालयका ५० जना, पाँचखपन शाखाले वीना सेकेन्डरी स्कुलमा १०० जान, छथर शाखाले श्री सरस्वती माध्यामिक विद्यालयका १०० जना, राजारानी शाखाले श्रीपुन्य माध्यामिक विद्यालयका ७० जना र साल्पासिलिछो शाखाले जाल्पा सेकेन्डरी स्कुलका १०० जना विद्यार्थिलाई वित्तीय शिक्षा दिएको जनाएको छ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगाना विश्व वित्तीय सप्ताहको अवसरमा बैंकले सातै वटै प्रदेशमा वित्तीय सारक्षता सम्बन्धी कार्यक्रम गरिरहेको बताए। पछिल्लो समय बैंकिङ प्रणाली डिजिटल भएसँगै जोखिम पनि थपिएको भन्दै उनले ‘फाइनान्सियल लिट्रसी’को कमीले ‘बैंकिङ फर्ड’का घटना बढेको बताए। त्यसैले ग्राहकलाई आफ्नो पैसा कसरी सुरक्षित राख्ने भनेर सिकाउन विश्व वित्तीय सप्ताहसँगै बैंकले वर्षभरि नै वित्तीय साक्षरताका कार्यक्रम गरि सचेतना कार्यक्रम गर्दै आएको उनले बताए।

वित्तीय साक्षरता कार्यक्रममा सहभागी सरस्वति माध्यामिक विद्यालयका विद्यार्थीले बैंकबाट प्राप्त तालिमबाट बैंकिङ कारोबार गर्दा के कुरामा ध्यानदिनुपर्छ सिकेको भन्दै सिकेको कुरा घरपरीवार र आफन्तलाई सिकाउने बताएका थिए।

युवाहरूमा वित्तीय शिक्षाको जागरण ल्याउने उद्देश्यले सप्ताहिक अभियानका रुपमा सन २०१२ देखि हरेक वर्ष ग्लोबल मनि वीक (जीडब्लयूडब्लयू) मनाइन्छ।

अर्गानाइजेसन अफ इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट (ओईसीडी)को संयोजकत्वमा विश्वका १७६ मुलुकमा ग्लोबल मनि वीक मनाइन्छ।