BIZMANDU
www.bizmandu.com

एप्पलविरुद्ध अमेरिकाको ‘एन्टिट्रस्ट’ मुद्दा, स्मार्टफोन बजार ‘मोनोपोलाइज’ गरेको आरोप

२०८० चैत्र ९

एप्पलविरुद्ध अमेरिकाको ‘एन्टिट्रस्ट’ मुद्दा, स्मार्टफोन बजार ‘मोनोपोलाइज’ गरेको आरोप
एप्पलविरुद्ध अमेरिकाको ‘एन्टिट्रस्ट’ मुद्दा, स्मार्टफोन बजार ‘मोनोपोलाइज’ गरेको आरोप

अमेरिकी न्याय विभाग र १५ अमेरिकी राज्यहरूले बिहीबार एप्पलविरुद्ध मुद्दा दायर गरेका छन्। स्मार्टफोन बजारलाई ‘मोनोपोलाइज’ गरेको भन्दै एप्पलविरुद्ध मुद्दा दायर गरिएको छ

Tata
GBIME

बाइडेन प्रशासनले पहिलो पटक आईफोन निर्माताविरुद्ध मुख्य ‘एन्टिट्रस्ट’ मुद्दाअन्तर्गत स्मार्टफोन बजारमा एकाधिकारको आरोप लगाएको हो।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प तथा वर्तमान राष्ट्रपति जो बाइडेन दुवैका प्रशासनले अल्फाबेटको गुगल, मेटा प्लेटफर्म र अमेजोन लगायत विरुद्ध मुद्दा गरेका थिए। अमेरिकी नियामकहरूले मुद्दा दायर गरेका प्रमुख टेक कम्पनीहरूको सूचीमा एप्पल पनि सामेल भएको छ।

‘उपभोक्ताहरूले उच्च मूल्य तिर्नु पर्दैन किनभने कम्पनीहरूले एन्टिट्रस्ट कानूनहरू उल्लङ्घन गरेका छन्,’ महान्यायाधिवक्ता मेरिक गारल्याण्डले एक विज्ञप्तिमा भने, ‘यसलाई चुनौती दिइएन भने एप्पलले आफ्नो स्मार्टफोन एकाधिकारलाई अझ बलियो बनाउन जारी राख्नेछ।’

न्याय विभागको मुद्दामा डिस्ट्रिक्ट अफ कोलम्बिया पनि सामेल भएको छ। उक्त मुद्दामा एप्पलले उपभोक्ताहरू, डेभलपरहरू, कन्टेन्ट क्रियटरहरू, कलाकारहरू, प्रकाशकहरू, साना व्यवसायहरू र व्यापारीहरूबाट बढी रकम असुल्न आफ्नो बजार शक्ति प्रयोग गरेको आरोप लगाइएको छ।

‘यस मुद्दाले हामी को हौं र एप्पलका उत्पादनहरूलाई कडा प्रतिस्पर्धात्मक बजारहरूमा कसरी अलग राख्ने भन्ने सिद्धान्तहरूलाई नै चुनौती दिएको छ। यदि यो मुद्दा सफल भए मानिसहरूले एप्पलबाट अपेक्षा गरेको हार्डवेयर, सफ्टवेयर र सेवाहरूको मिलनविन्दु रहेको प्रविधि सिर्जना गर्ने हाम्रो क्षमतालाई बाधा पुर्‍याउनेछ,’ एप्पलले एक विज्ञप्तिमा भनेको छ।