BIZMANDU
www.bizmandu.com

मैलुङ खोला जलविद्युत कम्पनीको सेयर कारोबार रोक्का, ३ दिनभित्र स्पष्टीकरण दिन नेप्सेको निर्देशन

२०८० चैत्र ८

मैलुङ खोला जलविद्युत कम्पनीको सेयर कारोबार रोक्का, ३ दिनभित्र स्पष्टीकरण दिन नेप्सेको निर्देशन
मैलुङ खोला जलविद्युत कम्पनीको सेयर कारोबार रोक्का, ३ दिनभित्र स्पष्टीकरण दिन नेप्सेको निर्देशन

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मैलुङ खोला जलविद्युत कम्पनीलाई कारबाही गरेको छ। कम्पनीले कारोबार समयमा बिहीबार ११:१७ बजे लाभांशसम्बन्धी संचालक समितिले गरेको निर्णय बारे जानकारी दिएको भन्दै नेप्सेले कारबाही गरेको हो।

Tata
GBIME
Nepal Life

नेप्सेले कम्पनीको कारोबार रोक्का गर्दै ३ कार्यदिन भित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएको छ। कम्पनीले लाभांशसम्बन्धी निर्णय बुधबार ३:३० मा गरेको थियो।

मैलुङ खोलाले गत वर्षको मुनाफाबाट सेयरधनीहरूलाई २.२२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.११ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।  

कम्पनीले चैत २९ गते वार्षिक साधारण सभा गर्दैछ। साधारण सभा तथा लाभांश प्रयोजनका लागि चैत १६ गते बुकक्लोज मिति तोकिएको छ।