BIZMANDU
www.bizmandu.com

आरम्भ चौतारी लघुवित्तको बुक क्लोज चैत २१ गते, साधारण सभामा मर्जरको प्रस्ताव लगिंदै

२०८० चैत्र ८

आरम्भ चौतारी लघुवित्तको बुक क्लोज चैत २१ गते, साधारण सभामा मर्जरको प्रस्ताव लगिंदै
आरम्भ चौतारी लघुवित्तको बुक क्लोज चैत २१ गते, साधारण सभामा मर्जरको प्रस्ताव लगिंदै

काठमाडौं। आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा प्रयोजनका लागि चैत २१ गते बुक क्लोज मिति तोकेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीको सञ्चालक समितिको बुधबार बसेको बैठकले चैत ३० मा वार्षिक साधारण सभा गर्ने निर्णय गरी २१ गते बुक क्लोज मिति तोकेको हो।

जस अनुसार चैत २० गतेसम्म कायम सेयरधनीले कम्पनीको वार्षिक साधारण सभामा भाग लिन पाउने छन्।

भविष्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग गाभ्ने तथा प्राप्ति प्रयोजनका लागि आवश्यक कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव साधारण सभामा लैजाने कम्पनीले जनाएको छ।