BIZMANDU
www.bizmandu.com

विद्युतीय गाडीको ब्याट्री मूल्य आधा घटाउने तयारीमा बीवाइडी र सीएटीएल 

२०८० चैत्र ६

विद्युतीय गाडीको ब्याट्री मूल्य आधा घटाउने तयारीमा बीवाइडी र सीएटीएल 
विद्युतीय गाडीको ब्याट्री मूल्य आधा घटाउने तयारीमा बीवाइडी र सीएटीएल 

काठमाडौं। चिनियाँ ब्याट्री निर्माता बीवाइडी र क्याटल अर्थात सीएटीएलले विद्युतीय गाडीमा लाग्ने ब्याट्रीको मूल्य आधा घटाउने तयारी गरेका छन्। यी दुई कम्पनीले सन् २०२४ को अन्त्यसम्म इभीमा लाग्ने ब्याट्रीको मूल्य आधा घटाउने योजना बनाएका हुन्।

Tata
GBIME

दुवै कम्पनीहरुले अहिले विश्वभरी उत्पादन हुने इभीको लागि ब्याट्री निर्माण गर्दै आइरहेका छन्। सीएटीएल र बीवाइडी ब्याट्रीको मूल्यलाई ५० प्रतिशतसम्म घटाउन तयारी भइरहेको अन्तर्राष्ट्रिय संचारमाध्यममा रिपोर्ट छ।

यो कदमले सन् २०२३ को अन्त्यसम्मको मूल्यको तुलनामा यो वर्षको अन्त्यसम्ममा ब्याट्री प्याकको लागत आधा घट्नेछ। यसले विद्युतीय सवारी साधनको लागि महत्त्वपूर्ण माइलस्टोन खडा गर्ने अनुमान लिइएको छ।

विश्व बजारमा इभीमा क्रान्ति ल्याउन अझै थप कदमहरु चाल्नुपर्ने देखिन्छ। जसमा किफायती ब्याट्रीहरुको विकास, छिटो चार्ज गर्ने प्रविधि र इभी चार्जिङ स्टेशनहरूको भरपर्दो नेटवर्क हालको प्रमुख आवश्यकता हो।

क्याटलले ब्याट्रीको उत्पादनलाई थप व्यवस्थित गर्ने प्रयास गरिरहेको छ। ६० किलोवाट आवर ब्याट्रीको लागत एक वर्ष भित्र ६ हजार ७७६ बाट लगभग ३ हजार ३८८ डलरमा घट्न सक्छ। यसले इभी उत्पादकहरुको लागतसमेत घट्छ। यद्यपि, यो मूल्य कटौती ५० प्रतिशतसम्म पुग्न अझै केही समय लाग्ने विज्ञहरुको भनाइ छ। 

ब्याट्रीको लागतमा आएको कमीले इभी बजारको लागि सकारात्मक मोडको संकेत गर्ने विश्लेषकहरु बताउँछन्। यसले एसियासँगै युरोप र बाहिर पनि विद्युतीय सवारीसाधनको माग बढ्न सक्ने अनुमान छ। चिनियाँ ब्याट्री निर्माताहरुको भविष्य अमेरिकी कदमले पनि निर्क्यौल गर्ने बताइएको छ।