BIZMANDU
www.bizmandu.com

आजबाट सुरु भयो फागु, वसन्तपुरमा ठड्याइयो चीर

२०८० चैत्र ४

आजबाट सुरु भयो फागु, वसन्तपुरमा ठड्याइयो चीर
आजबाट सुरु भयो फागु, वसन्तपुरमा ठड्याइयो चीर

काठमाडौं : आजबाट विधिवत् रुपमा फागु (होली) सुरु भएको छ। वसन्तपुर दरबार स्क्वायरमा रंगीविरंगी चीर उठाइएपछि विधिवत् रुपमा फागु सुरु भएको हो।

Tata
GBIME
Nepal Life

चीर ठड्याउनु अघि दरबार क्षेत्रबाट गुरुजुको पल्टन पशुपति पुगेको थियो। त्यहाँ रहेको गोरखनाथको मन्दिरमा गुर्जुको पल्टनले सलामी दिएको थियो। त्यसपछि मयलको रुखको हाँगा लिएर गुरुजुको पल्टनले पशुपतिनाथमा चढाएको थियो।

शार्दुलजंग गुल्मबाट गएको टोलीले पशुपतिपति क्षेत्रमा रहेको श्लेष्मान्तक वनबाट मयलको रुखको हाँगा काटेर पशुपतिनाथलाई चढाएर वसन्तपुर ल्याइएको थियो। यसरी मयलको रुख चढाएर पशुपतिनाथलाई वसन्तपुरमा होली खेल्न निमन्त्रणा दिने चलन रहेको स्थानीय बताउँछन्।

अबको ८ दिनपछि अर्थात् फागु पूर्णिमाको दिन हर्षबढाइँ गरेर यो चीर ढालिन्छ। ढालिएको चीरलाई घिसार्दै टुँडिखेलमा लाने चलन छ। चीरको दहन गरेपछि औपचारिक रुपमा यस वर्षको होली सकिनेछ।