BIZMANDU
www.bizmandu.com

लागू औषध बिक्रीमा मेटाको प्लेटफर्म प्रयोग, कम्पनीको भूमिकाबारे अनुसन्धान गर्दै नियामक

२०८० चैत्र ४

लागू औषध बिक्रीमा मेटाको प्लेटफर्म प्रयोग, कम्पनीको भूमिकाबारे अनुसन्धान गर्दै नियामक
लागू औषध बिक्रीमा मेटाको प्लेटफर्म प्रयोग, कम्पनीको भूमिकाबारे अनुसन्धान गर्दै नियामक


अमेरिकामा फेसबुकको पेरेन्ट कम्पनी मेटाविरुद्ध लागू औषध बिक्रीलाई सहज बनाउन भूमिका खेलेको विषयमा अनुसन्धान भइरहेको छ। मेटाको प्लेटफर्मको प्रयोग गरेर अनलाइन लागू औषध कारोबार हुने गरेको भन्दै अमेरिकी अधिकारीहरु मेटाविरुद्ध अदालत पुगेका हुन्।

Tata
GBIME
NLIC

वाल स्ट्रिट जर्नलमा प्रकाशित रिपोर्ट अनुसार अमेरिकी अधिकारीहरुले मेटाको प्लेटफर्महरुले लागू औषध कारोबारबाट नाफा कमाएको हुन सक्ने भन्दै अनुसन्धान गरिरहेका हुन्।

अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसनले यो अनुसन्धानमा सहयोग गरिरहेको छ। अधिकारीहरुले मेटाको प्लेटफर्मबाट लागू औषधको कन्टेन्ट र गैरकानुनी बिक्रीबारे रेकर्ड मागेको छ।

मेटाले भने लागू औषधको गैरकानुनी बिक्री आफूहरुको नीति विपरीत रहेको स्पष्टीकरण दिएको छ। आफ्नो प्लेटफर्ममा आउने त्यस्ता कन्टेन्टहरु हटाउने गरेको पनि मेटाले जनाएको छ।

मेटाको ग्लोबल अफेयर्स निक केल्गले अमेरिकी स्टेट डिपार्टमेन्टसँगै निकायम निकाय र स्नयापच्याटसँग मिलेर लागू औषध अनलाइन बिक्रीलाई रोक्ने प्रयास गरिरहेको बताएका छन्। यस्तै, उनले यस प्रकारको गतिविधिले हुन सक्ने खतराबारे पनि प्रयोगकर्ताका लागि सचेतना मुलक सामाग्री प्रशारण गरिरहेको जनाए।