BIZMANDU
www.bizmandu.com

प्यानल बिना नै सकुशल अवतरण भयो बोइङको विमान, कारणबारे अनुसन्धान हुँदै

२०८० चैत्र ४

प्यानल बिना नै सकुशल अवतरण भयो बोइङको विमान, कारणबारे अनुसन्धान हुँदै
प्यानल बिना नै सकुशल अवतरण भयो बोइङको विमान, कारणबारे अनुसन्धान हुँदै

अमेरिकाको ओरिगनमा बोइङ विमान फ्युजलेज प्यानल बिना नै अवतरण गरेको छ। युनाइटेड एयरलाइन्सका अनुसार सनफ्रान्सिसकोबाट उडेको फ्लाइट ४३३ विमान रग भ्यालीको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

Tata
GBIME
Nepal Life

 २५ वर्ष पुरानो सो बोइङ ७३७-८०० विमानमा १३९ यात्रु र चालक दलका ६ जना थिए। विमानमा रहेका सबै जना सकुशल छन्। विमानमा प्यानल नभएको बारे संचालनको समय कसैलाई ज्ञात थिएन।

पोस्ट फ्लाइट इन्स्पेक्सनका क्रममा एक्सटर्नल प्यानल नभएको फेला परेको थियो। विमानस्थलका प्रवक्ताका अनुसार यसबारेमा थप अध्ययन भइरहेको छ।

कसरी प्यानल बिना विमान संचालनमा आयो भन्नेबारे पनि बृहत् छानबिन हुने भएको छ। हराइरहेको प्यानल ल्यान्डिङ गियर सँगै भेटिएको थियो।

अमेरिकाको वायु सेवा नियामकले पनि यो घटनाको अनुसन्धान गरिरहेको छ।

पछिल्लो समय बोइङ विमानमा कमजोरीहरु फेला थालेका छन्। उड्दा उड्दै विमानको सिसा फुटेको घटनापछि बोइङ विमानबारे अनुसन्धान भइरहेको छ। विमानको बोल्ट राम्ररी नकसेको अनुसन्धानका क्रममा फेला परेसँगै कयौं विमानहरु ग्राउन्डेड गरिएका थिए।