BIZMANDU
www.bizmandu.com

नवीकरणीय ऊर्जा प्रवर्धनमा सिद्धार्थ बैंक, वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रसँग सम्झौता

२०८० चैत्र १

नवीकरणीय ऊर्जा प्रवर्धनमा सिद्धार्थ बैंक, वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रसँग सम्झौता
नवीकरणीय ऊर्जा प्रवर्धनमा सिद्धार्थ बैंक, वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रसँग सम्झौता


काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रबीच नवीकरणीय उर्जा प्रवर्धन गर्ने उद्देश्यले बिहीबार कर्जा जोखिम  न्यूनीकरण सम्बन्धी सम्झौता भएको छ।

GBIME
Tata

उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार दिगो ऊर्जा चुनौती कोषसँग समन्वय गरेर बैंकको नवीकरणीय ऊर्जा परियोजनाहरुमा प्रवाह भएको कर्जाको २० प्रतिशत रकम वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रमार्फत ‘ग्यारेन्टी’ गरिनेछ।

सोलार नेट मिटरिङ, १ मेगावाटसम्मका ग्रीड टाइड सोलार परियोजना, फोहोरबाट ऊर्जा निकाल्ने परियोजना, मिनी र माइक्रो  हाइड्रो, घरपरिवारमा विद्युतीय खाना  पकाउने, सिँचाइका लागि सौर्य पानी पम्प र विद्युतीय परिचालनमा कर्जा लगानी गर्न यो परियोजनाले थप प्रोत्साहन गर्नेछ।

बैंकको हाल देशभर १९६ वटा शाखा रहेको छ।