BIZMANDU
www.bizmandu.com

रुरु जलविद्युतको लकइन वैशाख ३ मा पुरा हुँदै, संस्थापकसँग करिब ४० लाख कित्ता सेयर

२०८० चैत्र १

रुरु जलविद्युतको लकइन वैशाख ३ मा पुरा हुँदै, संस्थापकसँग करिब ४० लाख कित्ता सेयर
रुरु जलविद्युतको लकइन वैशाख ३ मा पुरा हुँदै, संस्थापकसँग करिब ४० लाख कित्ता सेयर

काठमाडौं। रुरु जलविद्युत परियोजनाको लकइन अवधि आगामी वैशाख ३ गते सम्पन्न हुने भएको छ। अवधि पुरा भएपछि कम्पनीका सेयरधनीले किनबेच गर्न पाउँछन्।

GBIME
Tata

कम्पनीको संस्थापक, आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा कर्मचारीका लागि निष्कासन गरेको आइपीओको तीन वर्षे लकइन अवधि समाप्त हुने भएको हो।

कम्पनीका संस्थापकसँग ३९ लाख ४५ हजार ८८८ कित्ता सेयर छ। यस्तै ४ लाख ८९ हजार २४५ कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाको सेयर र ९ हजार ८५८ कित्ता सेयर कर्मचारीलाई बाँडफाँट गरिएको छ। योसँगै कम्पनीका लगानीकर्ताले सेयर खरिदबिक्री गर्न सक्नेछन्।

रुरुले २०७८ वैशाख ३ गते आइपीओ बाँडफाँट गरेको थियो। आइपीओ बाँडफाँट गरेको मितिले संस्थापक सेयर तीन वर्षसम्म लकइनमा राख्नुपर्ने व्यवस्था छ।