BIZMANDU
www.bizmandu.com

एडिडास ३० वर्षपछि पहिलो पटक घाटामा, कान्ये वेस्टसँगको सहकार्य टुटेपछि ओरालो लाग्यो बिक्री

२०८० चैत्र १

एडिडास ३० वर्षपछि पहिलो पटक घाटामा, कान्ये वेस्टसँगको सहकार्य टुटेपछि ओरालो लाग्यो बिक्री
एडिडास ३० वर्षपछि पहिलो पटक घाटामा, कान्ये वेस्टसँगको सहकार्य टुटेपछि ओरालो लाग्यो बिक्री

जर्मन स्पोर्ट्सवेयर जायन्ट एडिडासले ३० वर्षभन्दा बढी समयपछि पहिलो पटक घाटा व्यहोरेको छ। कम्पनीले सन् १९९२ पछि पहिलो पटक २०२३ मा घाटा व्यहोरेको बुधबार जानकारी दिएको छ

Tata
GBIME
Nepal Life

र्‍यापर कान्ये वेस्टसँगको सहकार्य टुटेपछि ब्रान्डलाई पुरानो अवस्थामा फर्काउन सीईओ ब्योर्न गुल्डेनले संघर्ष गरिरहेका छन्। एडिडासले अत्यधिक लाभदायक यीजी स्‍निकर लाइनको बिक्री स्थगित गर्दै अक्टोबर २०२२ मा वेस्टसँगको सहकार्य तोडेको थियो। त्यसपछि बिग्रिएको अवस्था सुधार्न कम्पनीले संघर्ष गरिरहेको हो।

गुल्डेनले सीईओ बनेको पहिलो वर्षमा स्टक खाली गर्न यीजी स्‍निकरहरूको बिक्री पुनः सुरु गरेका थिए। साथसाथै उनले साम्बा र गजेल सुज जस्ता लोकप्रिय उत्पादनहरूलाई बढावा दिनुका साथै खुद्रा विक्रेताहरूसँगको सम्बन्ध सुधार्ने प्रयास गरेका थिए। उनले पदभार ग्रहण गरेदेखि नै एडिडासको सेयरले रिकभर गर्दै नाइकी र पुमालाई पछि पारेको छ।

‘समग्रमा त्यति राम्रो नभए पनि मैले वर्षको सुरुमा अपेक्षा गरेभन्दा २०२३ राम्ररी नै बित्यो,’ गुल्डेनले भनेका छन्।

एडिडासले यीजी बाहेक आफ्नो अन्तर्निहित व्यवसाय २०२४ मा सुधार हुने अपेक्षा गरेको छ। यसवर्षको दोस्रो हाफमा दोहोरो अंकको वृद्धि हुने कम्पनीको विश्‍वास छ।

कम्पनीले २०२३ का लागि प्रति सेयर ०.७० युरो (०.७६५० डलर) लाभांश प्रस्ताव गर्ने बोर्डले निर्णय गरेको बताएको छ। कम्पनीले कुल ५ करोड ८० लाख युरो घाटा व्यहोरेपनि सेयरधनीहरूलाई अघिल्लो वर्षको जति नै लाभांश दिन लागेको हो।