BIZMANDU
www.bizmandu.com

झ्वछेँमा ११ देशका कलाकारले प्रस्तुत गरे लोक संस्कृति, पर्यटन प्रवर्धनमा सहयोग पुग्ने विश्वास

२०८० फागुन ३०

झ्वछेँमा ११ देशका कलाकारले प्रस्तुत गरे लोक संस्कृति, पर्यटन प्रवर्धनमा सहयोग पुग्ने विश्वास
झ्वछेँमा ११ देशका कलाकारले प्रस्तुत गरे लोक संस्कृति, पर्यटन प्रवर्धनमा सहयोग पुग्ने विश्वास

काठमाडौं । ब्रज कला कुञ्जको आयोजनाको काठमाडौंमा १२ औं अन्तरराष्ट्रिय लोक सांस्कृतिक मेला सम्पन्न भएको छ। वसन्तपुरको झ्वछेँमा प्रचीन स्मारक संरक्षण अध्ययनसँग मिलेर ब्रज कला कुञ्जले सो कार्यक्रम आयोजना गरेको हो।

Tata
GBIME

‘फ्रिक स्ट्रिट’का रुपमा समेत चिनिने झ्वछेँमा आयोजित सो लोक सांस्कृतिक मेलामा ११ देशका करिब ३०० कलाकारहरु सहभागी थिए। उनीहरुले आआफ्नो मौलिक सांस्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए।

यसअघि पनि नेपालमा सो कार्यक्रम आयोजना भएको थियो। सो मेलाको उद्देश्य विश्वको रैथाने कला संस्कृतिको संरक्षण र प्रवर्धन गर्दै पुस्तान्तरण गर्नु हो।

कार्यक्रमका संयोजक सुदनमान मुनिकारले यसप्रकारको मेलाले विश्वको संस्कृति बुझ्न सहयोग पुग्ने र पर्यटन प्रवर्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।