BIZMANDU
www.bizmandu.com

सुनचाँदी बजारः सुन प्रति तोला एक हजार घट्यो, चाँदीमा २० रुपैयाँ गिरावट  

२०८० फागुन ३०

सुनचाँदी बजारः सुन प्रति तोला एक हजार घट्यो, चाँदीमा २० रुपैयाँ गिरावट  
सुनचाँदी बजारः सुन प्रति तोला एक हजार घट्यो, चाँदीमा २० रुपैयाँ गिरावट  

काठमाडौं। लगातार उच्च मूल्यको रेकर्ड बनाइरहेको सुन तीन दिनको स्थिरतापछि तोलामा एक हजार रुपैयाँ घटेको छ। बुधबार कारोबार मूल्य प्रति तोला १ लाख २५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME
Nepal Life

आइतबारदेखि मंगलबारसम्म तोलाको १ लाख २६ हजार रुपैयाँमा स्थिर थियो। त्यसअघि गत बिहीबार र शुक्रबार प्रति तोला १ लाख २५ हजार रुपैयाँ थियो। चालु महिनाको प्रारम्भमा सुन तोलाको १ लाख १७ हजार ७ सय रुपैयाँ थियो।

बुधबार चाँदी पनि घटेको छ। २० रुपैयाँ घट्दा चाँदी तोलाको १४ सय ६५ रुपैयाँ भएको छ। यो १० रुपैयाँको बढोत्तरी हो। आइतबार र सोमबार तोलाको १४ सय ७५ रुपैयाँ थियो। त्यसमा १० रुपैयाँ बढ्दा मंगलबार प्रति तोला १४ सय ८५ रुपैयाँ भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रति औंस २१५९.२५ डलरले कारोबार भइरहेको छ। मंगलबार  २१७८.५४ डलर र सोमबार २१७७.९२ डलर थियो।

चाँदी प्रति औंस २४.१५ डलर छ। मंगलबार २४.४६ डलर र सोमबार २४.३ डलर थियो।