BIZMANDU
www.bizmandu.com

सवारी दुर्घटनामा घाइते भइ अलपत्र पर्नेको उपचारका लागि राहत कोष खडा गर्न प्रस्ताव

२०८० फागुन २७

सवारी दुर्घटनामा घाइते भइ अलपत्र पर्नेको उपचारका लागि राहत कोष खडा गर्न प्रस्ताव
सवारी दुर्घटनामा घाइते भइ अलपत्र पर्नेको उपचारका लागि राहत कोष खडा गर्न प्रस्ताव

काठमाडौं। सरकारले सवारी दुर्घटनामा परेर घाइते भइ अलपत्र हुनेहरुको उपचारका लागि अलग्गै कोष खडा गर्ने तयारी गरेको छ।

Tata
GBIME
Nepal Life

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अलपत्र पर्ने घाइतेको उपचारका लागि दुर्घटना तथा राहत कोष खडा गर्न प्रस्ताव गरेको छ।

सवारी तथा यातायात सम्बन्धी विधेयकको मस्यौदामा दुर्घटना तथा राहत कोषको प्रस्ताव गरिएको हो।

‘कुनै पनि सवारी साधन गम्भिर प्रकृतिको दुर्घटना भई घाइतेको उपचार गराउनु पर्ने भएमा वा सवारी धनी वा चालकवाट तोकिएको क्षतिपूर्ति भराउन नसक्ने अवस्था भएमा वा दुर्घटनाको क्षतिपूर्ति बीमा रकमले अपुग भइ थप रकम खर्च गर्नुपर्ने अवस्थामा क्षतिपूर्ति तथा राहत व्यवस्थापनका लागि दुर्घटना तथा राहत कोष स्थापना गर्न सकिने छ,’ मस्यौदामा भनिएको छ।

मन्त्रालयका कानुन उपसचिव टंकबहादुर महतले विविध कारण उपचारबाट वञ्चित हुनेहरुलाई लक्षित गरी कोष खडा गर्न प्रस्ताव गरिएको बताए। सवारी दुर्घटनामा परी दैनिक १४ जना गम्भीर घाइते हुने गरेको नेपाल प्रहरीको तथ्यांक छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दुर्घटना राहत कोष स्थापना गर्न सरकारसँग माग गर्दै आएको छ। महतका अनुसार, कोषमा कहाँबाट पैसा जुटाउने भन्नेबारे कानुन बनेपछि नियमावलीमा व्यवस्था गरिनेछ।