BIZMANDU
www.bizmandu.com

सुन तोलाको १ लाख २३ हजार ५ सय, चार दिनमै साढे चार हजार महँगियो

२०८० फागुन २३

सुन तोलाको १ लाख २३ हजार ५ सय, चार दिनमै साढे चार हजार महँगियो
सुन तोलाको १ लाख २३ हजार ५ सय, चार दिनमै साढे चार हजार महँगियो

काठमाडौं। लगातार उच्च भएको सुनको कारोबार मूल्य बुधबार पुनः बढेको छ। अघिल्लो दिनका तुलनामा ५ सय रुपैयाँ बढेर तोलाको १ लाख २३ हजार ५ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME
Nepal Life

साताको दोस्रो दिन स्थिर रहेको सुन मंगलबार २ हजार बढ्दा तोलाको १ लाख २३ हजार रुपैयाँ भएको थियो।  यसअघि आइतबार र सोमबार तोलाको १ लाख २१ हजार रुपैयाँ थियो।

गत शुक्रबारका तुलनामा एकैपटक दुई हजार रुपैयाँ बढ्दा आइतबार उक्त मूल्यमा आइपुगेको थियो। गत शुक्रबार तोलाको १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो।  

बुधबार चाँदीको मूल्यमा झिनो गिरावट छ। चाँदी तोलाको १४ सय ४० रुपैयाँ भएको छ। मंगलबार तोलाको १४ सय ४५ रुपैयाँ थियो। २० रुपैयाँको बढोत्तरीपछि आइतबार तोलाको १४ सय १० रुपैयाँ भएको थियो। सोमबार घटबढ भएको थिएन। मंगलबार ३५ रुपैयाँको बढोत्तरी भएको थियो, बुधबार त्यसमा ५ रुपैयाँ घटेको हो। गत शुक्रबार तोलाको १३ सय ९० रुपैयाँ थियो।

गत साताको सुरुमा प्रति तोला १४ सय रुपैयाँ रहेको चाँदी बीचमा घटेर १३ सय ७५ रुपैयाँसम्म आएको थियो। शुक्रबारदेखि भने बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा सुन बुधबार प्रति औंस २१२६.३४ डलरले कारोबार भइरहेको छ। मंगलबार  प्रति औंस २११६.४१ डलर र सोमबार २०८०.८६ डलर थियो।

चाँदी प्रति औंस २३.६४ डलर छ। मंगलबार २३.७५ डलरले कारोबार भएको थियो। आइतबार २३.१३ डलर रहेकोमा केही घट्दै सोमबार २३.०५ डलर भएको थियो।