BIZMANDU
www.bizmandu.com

नेपालसहित अधिकांश देशमा फेसबुक, मेसेन्जर, इन्स्टाग्राम डाउन, साइबर हमलाको आशंका

२०८० फागुन २२

नेपालसहित अधिकांश देशमा फेसबुक, मेसेन्जर, इन्स्टाग्राम डाउन, साइबर हमलाको आशंका
नेपालसहित अधिकांश देशमा फेसबुक, मेसेन्जर, इन्स्टाग्राम डाउन, साइबर हमलाको आशंका


काठमाडौं। मंगलबार राति मेटाको फेसबुक, मेसेन्जर, इन्टाग्रामलगायत एप डाउन भएका छन्। यी एप चलाउँदा चलाउँदै एक्कासी समस्या आएको प्रयोगकर्ताहरुले गुनासो गरेका छन्।

GBIME
Tata

साइबर सुरक्षा विज्ञहरुले साइबर हमलाका कारण मेटाका एपहरु डाउन भएको हुन सक्ने आशंका गरेका छन्। यसका साथै प्राविधिक सर्भर फेलियर, आन्तरिक कन्फ्युगरेसन एररले पनि समस्या निम्तिएको हुन सक्ने बताएका छन्।

ती एपमा लगइन भइरहेको अवस्थामा एक्कासी एकाउन्ट लगआउट भएका छन्।

नेपालसहित अधिकांश देशमा लोकप्रिय सामाजिक सञ्जाल डाउन भएको हो। के कारणले समस्या आएको हो मेटाले औपचारिकरुपमा जानकारी गराएको छैन।