BIZMANDU
www.bizmandu.com

पाइप, जस्तापाता बनाउने गोल्छा समूहको हुलास आइरनको व्यापार ३ अर्ब १२ करोड रुपैयाँ पुग्यो

२०८० फागुन १८

पाइप, जस्तापाता बनाउने गोल्छा समूहको हुलास आइरनको व्यापार ३ अर्ब १२ करोड रुपैयाँ पुग्यो
पाइप, जस्तापाता बनाउने गोल्छा समूहको हुलास आइरनको व्यापार ३ अर्ब १२ करोड रुपैयाँ पुग्यो


काठमाडौं। पाइप तथा जस्तापाता उत्पादन गर्ने हुलास आइरन इन्डस्ट्रिजको व्यापार बढेको छ। इन्फोमेरिक्स नेपालका अनुसार सन् २०२२/२३ मा कम्पनीले ३ अर्ब १२ करोड रुपैयाँको व्यापार गरेको छ। अघिल्लो वर्ष २०२१/२२ मा कम्पनीले ३ अर्ब रुपैयाँको कारोबार गरेको थियो। २०२०/२१ मा कम्पनीको व्यापार १४ करोड ५० लाख रुपैयाँ मात्रै थियो।

Tata
GBIME
NLIC

हुलास समूहको लगानी रहेको कम्पनी सन् २०२३ जुलाई १६ मा पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो। उत्पादन प्लान्ट वीरगंजमा छ। कम्पनीमा सीके गोल्छाको ९० प्रतिशतभन्दा बढी सेयर स्वामित्व छ। बाँकी गोल्छा परिवारका सदस्यमा सेयर स्वामित्व छ।

कम्पनीले ५ अर्ब ५८ करोड रुपैयाँको बैंकिङ कर्जाका लागि रेटिङ पाएको छ। १ अर्ब २१ करोड रुपैयाँको दीर्घकालीन कर्जाका लागि आइआरएन डबल बी र ४ अर्ब ३७ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि आइआरएन एफोर रेटिङ पाएको छ।