BIZMANDU
www.bizmandu.com

टीभीएस ब्राण्डका सवारीसाधन एसेम्बल गर्ने जगदम्बा अटो ग्रुपको कारोबार घटेर २.७३ अर्बमा सीमित

२०८० फागुन १६

टीभीएस ब्राण्डका सवारीसाधन एसेम्बल गर्ने जगदम्बा अटो ग्रुपको कारोबार घटेर २.७३ अर्बमा सीमित
टीभीएस ब्राण्डका सवारीसाधन एसेम्बल गर्ने जगदम्बा अटो ग्रुपको कारोबार घटेर २.७३ अर्बमा सीमित

काठमाडौं। टीभीएस ब्राण्डका सवारीसाधन एसेम्बल गर्ने शंकर समूहको जगदम्बा अटो ग्रुपको कारोबार ६९ करोड रुपैयाँले घटेको छ। सन् २०२२/२३ मा कम्पनीले २ अर्ब ७३ करोडको कारोबार गरेको छ। जबकि अघिल्लो वर्ष २०२१/२२ मा कम्पनीको व्यापार ३ अर्ब ४२ करोड रुपैयाँ थियो। सन् २०२०/२१ मा कम्पनीले ७३ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो।

Tata
GBIME

कम्पनीले सन् २०२१ देखि एसेम्बी उद्योग सञ्चालनमा ल्याएको थियो। उद्योगले दुई पांग्रे र तीन पांग्रे सवारीसाधन एसेम्बल गर्छ। पछिल्लो समय दुई पांग्रे सवारीसाधनको बिक्री घट्दै गइरहेको छ। ठूलो संख्यामा युवा पुस्ता विदेशिंदा दुई पांग्रे सवारीसाधनको खपत घट्दै गएको हो।

कम्पनीले १ अर्ब ६० करोड रुपैयाँको बैंकिङ कर्जाका लागि इन्फोमेरिक्स नेपालबाट रेटिङ पुन: पुष्टि गराएको छ। ४३ करोड २५ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि आइआरएन डबल बी प्लस र १ अर्ब १७ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि आइआरएन ए फोर प्लस रेटिङ पुन: पुष्टि भएको छ।