BIZMANDU
www.bizmandu.com

बैंकर्स संघको आकस्मिक बैठक: सबै बैंकर आतंकित, प्रहरीले कुरो नबुझेको निष्कर्ष

२०८० फागुन १६

बैंकर्स संघको आकस्मिक बैठक: सबै बैंकर आतंकित, प्रहरीले कुरो नबुझेको निष्कर्ष
बैंकर्स संघको आकस्मिक बैठक: सबै बैंकर आतंकित, प्रहरीले कुरो नबुझेको निष्कर्ष

काठमाडौं। ओभर भ्यालुएसन गरेर ऋण दिएको भन्दै प्रहरीले बहालवाला र पूर्व बैंकर समातेपछि बसेको बैंकर्स संघको बैठकले ‘बैंकिङ नर्म्स्’ बुझाइमा कमजोरी भएको निष्कर्ष निकालेको छ।

Tata
GBIME

मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृतहरु तुलसीराम गौतम, मनोज न्यौपानेसहित १० जना बैंकरलाई समातेको थियो। सहकारी डुबाउने रवीन्द्र चौलागाईंको अनुसन्धान गरिरहेको ब्यूरोले उनको कम्पनीमा ऋण दिएको भन्दै बैंकरलाई समेत समातेको थियो। उनीहरुमाथि अनुसन्धान गर्न अदालतले सात दिनको समय दिएको छ।

बैंकर समातिएपछि छाता संगठन संघले बुधबार बिहान आकस्मिक बैठक डाकेको थियो। बैठकमा २० वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी/प्रतिनिधि सहभागी थिए।

उनीहरुले ब्यूरोका अधिकृतसँग भेटेर बैंकिङ कसरी चल्छ भनेर बुझाउने निर्णय गरेका छन्। बैंकहरुले धितोबाहेक परियोजना, बिजनेस, नगद प्रवाहलगायत थुप्रै आधारहरु हेरेर राष्ट्र बैंकको नियमभित्र रही ऋण दिने गरेको बताउने छन्।

बैठकमा प्रहरी र सरकारको आलोचना भएको थियो। बैठकमा उपस्थित बैंकरहरु आतंकित देखिएका थिए।