BIZMANDU
www.bizmandu.com

मिटर ब्याज पीडितहरु आन्दोलन गर्न देशभरबाट हिँडेरै आइपुगे काठमाडौं, भद्रकालीमा दिए धर्ना

२०८० फागुन ११

मिटर ब्याज पीडितहरु आन्दोलन गर्न देशभरबाट हिँडेरै आइपुगे काठमाडौं, भद्रकालीमा दिए धर्ना
मिटर ब्याज पीडितहरु आन्दोलन गर्न देशभरबाट हिँडेरै आइपुगे काठमाडौं, भद्रकालीमा दिए धर्ना

काठमाडौं। मिटर ब्याज पीडितहरु आन्दोलन गर्न पुनः काठमाडौं आइपुगेका छन्। देशभरका मिटर ब्याज पीडितहरु हिँडेरै काठमाडौं आएका हुन्।

Tata
GBIME

पूर्वको काँकडभिट्टा र पश्‍चिमको महेन्द्रनगरबाट २३ दिन हिँडेर उनीहरु काठमाडौं आइपुगेका छन्। उनीहरू बुधवार काठमाडौं छिरेर थानकोट पार्कमा बसेका थिए।

पीडितहरुले आज भद्रकाली पुगेर धर्ना समेत दिएका छन्। यसअघि पनि उनीहरुले काठमाडौं आएर आन्दोलन गरेका थिए।

त्यसपछि सरकारले गत चैतमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय मिटर ब्याजसम्बन्धी जाँचबुझ आयोग बनाएको थियो। सुरुमा ३ महिनाका लागि गठन गरिएको आयोगको म्याद एकपटक ३ महिना र अर्कोपटक दुई महिना थप गरिएको थियो।

आयोगले विभिन्‍न जिल्लामा ५ अर्ब ५७ करोड १९ लाख रुपैयाँको अनुचित कारोबार भएको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको थियो।