BIZMANDU
www.bizmandu.com

लुगामा सुनको लेप लगाएर तस्करी गर्ने भारतीय युवक त्रिभुवन विमानस्थलबाट पक्राउ

२०८० फागुन ११

लुगामा सुनको लेप लगाएर तस्करी गर्ने भारतीय युवक त्रिभुवन विमानस्थलबाट पक्राउ
लुगामा सुनको लेप लगाएर तस्करी गर्ने भारतीय युवक त्रिभुवन विमानस्थलबाट पक्राउ

काठमाडौं। अवैध तरिकाले विदेशबाट सुन ल्याएको अभियोगमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

Tata
GBIME

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले सूचनाको आधारमा दुबईबाट नेपाल आएका ३५ वर्षीय भारतीय युवक मोहम्मद जिसाहलाई पक्राउ गरेको हो।

बिहीबार उनी इन्डिगो विमानमार्फत दुबईबाट मुम्बई हुँदै काठमाडौं उत्रिएका थिए। शङ्का लागेर प्रहरीले चेक गर्दा मोहम्मदले लगाएको लुगामा सुन भेटिएको थियो। निलो रङ्गको जिन्स पाइन्ट, कालो रङ्गको गन्जी र खरानी रङ्गको भित्री लुगामा सुनको लेपन गरिएको थियो।

प्रहरीले उनको साथबाट २ किलो २१० ग्राम सुन बरामद गरेको छ। थप अनुसन्धानको लागि प्रहरीले जिसाहलाई विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ।