BIZMANDU
www.bizmandu.com

देवकुमार ढकालका कारण बैंक सुपरिवेक्षण विभाग डेपुटी गभर्नर ढुंगानाबाट खोसियो, मिश्रको यथावत

२०८० फागुन ११

देवकुमार ढकालका कारण बैंक सुपरिवेक्षण विभाग डेपुटी गभर्नर ढुंगानाबाट खोसियो, मिश्रको यथावत
देवकुमार ढकालका कारण बैंक सुपरिवेक्षण विभाग डेपुटी गभर्नर ढुंगानाबाट खोसियो, मिश्रको यथावत


काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वाणिज्य बैंकहरु सुपरिवेक्षण गर्ने विभाग आफूमा तानेका छन्।

Tata
GBIME
NLIC

यसअघि वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगानाअन्तर्गत यो विभाग थियो। आफूले राखेको आर्थिक अनुसन्धान विभाग गभर्नरले ढुंगानालाई दिएका छन्।

बैंक सुरिवेक्षण विभाग प्रमुख देवकुमार ढकाल हुन्। उनकै जोडबलमा विभाग सारिएको हो। निलम ढुंगानाअघि यो विभाग अर्का डेपुटी गभर्नर बमबहादुर मिश्र अन्तर्गत थियो।

कार्यकारी निर्देशक ढकालले ढुंगानालाई ‘रिपोर्टिङ’ गर्नुपर्‍यो भनेर गुनासो गर्दै आएका थिए। उनको निरन्तरको गुनासोपछि विभाग गभर्नर मातहत राखिएको स्रोतको दाबी छ।

नियमन विभाग भने मिश्र अन्तर्गत छ। अन्य सुपरिवेक्षण विभागहरु ढुंगाना अन्तर्गत छ।