काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदमा रिक्त रहेका कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। खुला तथा समावेशी लिखित परीक्षाबाट प्राविधिक र प्रशासन तर्फ प्राधिकरणले ९८ जना माग गरेको हो।
प्राविधिकतर्फबाट इलेक्ट्रिकल इन्जिनियरिङ समूहको उपनिर्देशक एकजना, एयर ट्राफिक सर्भिसेस समूहको प्रबन्धक एकजना, मेकानिकल इन्जिनियरिङ समूहको प्रबन्धक एकजना र विभिन्न समूहमा वरिष्ठ अधिकृत, अधिकृत, वरिष्ठ सहायक र सहायक पदमा दरखास्त मागिएको छ।
यस्तै,प्रशासनतर्फ आर्थिक प्रशासन समूहबाट प्रबन्धक एकजना, उपप्रबन्धक एकजना, अधिकृत र सहायक माग गरिएको छ।
न्यूनतम योग्यता पूरा गर्ने इच्छुक व्यक्तिहरुले प्राधिकरणको वेबसाइटमा रहेको अनलाइन एपलिकेसन फर्म भरेर आवेदन दिनुपर्नेछ। दरखास्त दिने अन्तिम मिति चैत १ गतेसम्म रहेको छ। दोब्बर दस्तुर तिरेर चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ।
हेर्नुस् प्राधिकरणको सूचना