BIZMANDU
www.bizmandu.com

कृषि विकास बैंकले माग्यो ११२ जना कर्मचारी, शाखा प्रमुखदेखि ओभरसियरसम्म माग

२०८० फागुन ११

कृषि विकास बैंकले माग्यो ११२ जना कर्मचारी, शाखा प्रमुखदेखि ओभरसियरसम्म माग
कृषि विकास बैंकले माग्यो ११२ जना कर्मचारी, शाखा प्रमुखदेखि ओभरसियरसम्म माग

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि रिक्त रहेका पदहरुमा दरखास्त आह्वान गरेको छ। प्रशासन र प्राविधिक तर्फ गरि कूल ११२ जनाको माग गरिएको छ।

Tata
GBIME

बैंकले प्रशासनतर्फ ८ औं तहको शाखा प्रमुख दुईजना, ७ औं तहको वरिष्ठ लेखा अधिकृत (सी ए) दुई जना, ६ तहको व्यवसाय अधिकृत ३२ जना, ५ तहको व्यवसाय सहायक १६ जना, ५ तहको कानुन सहायक एकजना र ४ तहको लेखापाल ४६ जनाको लागि दरखास्त आह्वान गरेको छ।

यस्तै, प्राविधिक तर्फ  ६ तहको कम्पयुटर अधिकृत दुईजना, इन्जिनियर आइटी एकजना, कर्जा अधिकृत ६ जना, ५ तहको कर्जा सहायक ३ जना र ५ तहको ओभरसियर एकजना माग गरिएको छ।

बैंकले आवेदन दिन चाहनेका लागि निश्चिच मापदण्ड तय गरेर सूचना जारी गरेको छ। इच्छुक व्यक्तिहरुले फागुन ११ गतेदेखि चैत १ गतेसम्म र दोब्बर दस्तुरमा चैत ८ गतेसम्म तोकिएको ढाँचामा निवेदन दिनुपर्नेछ।

हेर्नुस बैंकको सूचना: