BIZMANDU
www.bizmandu.com

आजको मौसम पूर्वानुमान : देशभर आंशिक बदली, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

२०८० फागुन ११

आजको मौसम पूर्वानुमान : देशभर आंशिक बदली, पहाडी क्षेत्रमा वर्षाको सम्भावना
आजको मौसम पूर्वानुमान : देशभर आंशिक बदली, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । नेपालमा शुक्रबार बिहान पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भुभागमा मौसम मुख्यतया सफा रहेको छ।

Tata
GBIME
Nepal Life

आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने र देशका बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा र बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै, आज राती कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।