BIZMANDU
www.bizmandu.com

झरीले उडान सेवा प्रभावित : इण्डिगो अवतरण नगरी लखनाउ डाइभर्ट, कतारको जहाज होल्ड

२०८० फागुन १०

झरीले उडान सेवा प्रभावित : इण्डिगो अवतरण नगरी लखनाउ डाइभर्ट, कतारको जहाज होल्ड
Tribhuvan International Airport, plane, airlines photos by Prabin Ranabhat

काठमाडौं । काठमाडौंमा वर्षातका कारण मौसम प्रतिकुल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान प्रभावित भएको छ। झरीका कारण भारतको वायुसेवा कम्पनी इण्डिगो एयर काठमाडौं अवतरण हुन नसक्दा लखनाउ डाइभर्ट भएको विमानस्थल प्रवक्ता सुवाश झाले जानकारी दिए।

Tata
GBIME
Nepal Life

यस्तै, काठमाडौं अवतरण गर्ने क्रममा मौसम बिग्रिएपछि कतार एयरको जहाज होल्डमै रहेको उनले जानकारी दिए।

‘आज झरीका कारण काठमाडौं अवतरण हुनुपर्ने आन्तरिक वायुसेवा कम्पनी विभिन्न गन्तव्यमा डाइभर्ट भएको छ। काठमाडौं अवतरण हुनुपर्ने इण्डिगोको जहाज भट्टेडाँडाबाटै फर्किएको छ,’प्रवक्ता झाले भने,’कतारको जहाज होल्डमै रहेको अवस्था छ।’

आन्तरिक तर्फ बुद्ध, यती, श्री र सौर्य एयरलाइन्सले नियमित उडान प्रभावित भएको जनाएका छन्।

‘काठमाडौंको मौसम अनुकल छैन, साथै इनरुट वेदर भरतपुर र सिमराको पनि। अहिलेसम्म यी दुई गन्तव्यको उडान डाईभर्ट भएको हो,’ विमानस्थलका एक कर्मचारीले बताए।

यो समय आन्तरिक तर्फ दैनिक २५० र अन्तर्राष्ट्रिय तर्फ करिब १०० उडान अवतरण हुँदै आएको छ।