BIZMANDU
www.bizmandu.com

सेयर बजारमा रोकिएन गिरावट, नोक्सानीमा रहेको समाज लघुवित्तमा भने लगातार १३ औं सर्किट

२०८० फागुन १०

सेयर बजारमा रोकिएन गिरावट, नोक्सानीमा रहेको समाज लघुवित्तमा भने लगातार १३ औं सर्किट
सेयर बजारमा रोकिएन गिरावट, नोक्सानीमा रहेको समाज लघुवित्तमा भने लगातार १३ औं सर्किट

काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहिबार पनि सेयर बजारमा गिरावटले निरन्तरता पाएको छ। नेप्से २०.७६ अंकले घटेर २००५.८३ बिन्दुमा कायम भएको छ।

Tata
GBIME
Nepal Life

उत्पादनमूलक बाहेकका सबै उपसमूहले नेप्से घटाएका हुन्। जलविद्युत उपसमूहको सूचक सबैभन्दा धेरै १.९० प्रतिशतले घटेको छ।

सबैभन्दा धेरै मूल्य घट्ने शीर्ष ५ कम्पनीको सूचीमा जलविद्युत कम्पनी छन्। हिमालयन उर्जा विकास कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्। यो कम्पनीको सेयर मूल्य ७.६० प्रतिशतले घटेको छ। बाराही, पिपुल्स हाइड्रोपावर, रावा इनर्जी लगायत जलविद्युत उपसमूहका ८१ कम्पनीको सेयर मूल्य घटेको छ।

उत्पादनमूलक उपसमूहको सूचक भने १.१४ प्रतिशतले बढेको छ। उत्पादन क्षेत्रका तीन कम्पनीको सेयर मूल्य बढ्दा यो उपसमूहको सूचक सकारात्मक देखिएको हो। यो उपसमूहका बोटलर्स नेपाल (बालाजु), बोटलर्स नेपाल(तराई) र युनिलिभर नेपालको सेयर मूल्य बढेको छ।

यस्तै, नोक्सानीमा रहेको समाज लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। प्रति सेयर आम्दानी ७.३१ रुपैयाँ ऋणात्मक रहेको यो कम्पनीको मूल्यमा माघ २२ देखि निरन्तर सर्किट लागिरहेको छ। यो कम्पनीको सेयर मूल्य लगातार १३ औं सर्किटपछि बिहिबार प्रति कित्ता २,१७६.३० रुपैयाँ पुगेको छ।

बजारमा ३ अर्ब २० करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ। सबैभन्दा धेरै हिमालयन रि-इन्स्योरेन्सको १४ करोड ८७ लाख ९७ हजार रुपैयाँको सेयर किनबेच भएको छ।