BIZMANDU
www.bizmandu.com

बालुवाटारको निषेधित क्षेत्र नजिकै लघुवित्त पीडितको धर्ना, मागे गभर्नरको राजीनामा

२०८० फागुन ९

बालुवाटारको निषेधित क्षेत्र नजिकै लघुवित्त पीडितको धर्ना, मागे गभर्नरको राजीनामा
बालुवाटारको निषेधित क्षेत्र नजिकै लघुवित्त पीडितको धर्ना, मागे गभर्नरको राजीनामा

काठमाडौं । लघुवित्त तथा वित्तीय संस्था पीडितहरुले बालुवाटारस्थित नेपाल राष्ट्र बैंक तथा प्रधानमन्त्री निवास नजिकै धर्ना दिएका छन्।

Tata
GBIME

बालुवाटारको निषेधित क्षेत्र नजिकै देशभरबाट आएका लघुवित्त पीडितहरुले धर्ना दिएका हुन्। उनीहरुले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा समेत माग गरेका छन्।

पीडितहरु आन्दोलन गर्न हिँडेरै काठमाडौं आइपुगेका हुन्। लघुवित्तको ऋण जति तिरे पनि नसकिने अवस्था भएपछि केही सिप नलागेर सरकारसँग गुहार माग्न काठमाडौं आएको पीडितहरुले बताएका छन्।

पीडितहरु यसअघि पनि धेरै समूह बनाएर देशका विभिन्‍न ठाउँबाट काठमाडौं आएका थिए। सरकारले समिति बनाएर पनि केही काम नगरेपछि पुनः सरकारलाई झकझकाउन आएको उनीहरु बताउँछन्।

करिब ६ दिन लगाएर पीडितहरु मुग्लिनदेखि काठमाडौंसम्म हिँडेर दबाबपूर्ण आन्दोलन गर्दै आएका हुन्।