BIZMANDU
www.bizmandu.com

५० किलोवाट मोटर पावरमै आउने भयो हाइगर विद्युतीय भ्यान, मूल्य ७२ लाख ९० हजार

२०८० फागुन ७

५० किलोवाट मोटर पावरमै आउने भयो हाइगर विद्युतीय भ्यान, मूल्य ७२ लाख ९० हजार
५० किलोवाट मोटर पावरमै आउने भयो हाइगर विद्युतीय भ्यान, मूल्य ७२ लाख ९० हजार

काठमाडौं। नेपाली बजारमा अर्को चिनियाँ हाइगर विद्युतीय भ्यान पनि ५० किलोवाट मोटर पावरमा आउने भएको छ। जसको मूल्य ७३ लाख ९० हजार रुपैयाँ तोकिएको छ।

Tata
GBIME
Nepal Life

शशिला मोटर्सले सोमबार यसको बिक्री मूल्य सार्वजनिक गरेको हो। कम्पनीले यो भ्यान १६ सिट क्षमताको ल्याउने तयारी गरिरहेको छ।

कम्पनीले यसलाई ५० किलोवाट क्षमताको मोटर पावरमा ल्याउन लागेको हो। यसमा ७०.४७ किलोवाट आवर क्षमताको ब्याट्री प्याक छ। हाइगर इभी भ्यानले एक पटकको फुल चार्जमा २५० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ।

यसैगरी, कोलिजन अभोइडेन्स् सिस्टम, लेन डिपार्चर वार्निङ्ग तथा एअर ब्याग सिस्टमहरु सहितको सुरक्षाका विशेषतायुक्त एयरब्याग भएको नेपालको पहिलो इभी भ्यान रहेको कम्पनीको दावी छ।

यो इभीमा सहज यात्राका लागि आरामदायी सिट एवं पर्याप्त खुल्ला ठाउँ, यात्रुको सुविधाका लागि एअर कण्डिसनसहित आन्तरिक सजावट भएको र नेपालको बाटो सुहाउँदो २०० एमएम उचाई ग्राउण्ड क्लियरेन्स भएको कम्पनीले जानकारी गराएको छ।