BIZMANDU
www.bizmandu.com

लघुवित्त पीडितहरु आन्दोलन गर्न पुनः आइपुगे काठमाडौं, सिफलको खुला चौरमा बसे बास

२०८० फागुन ७

लघुवित्त पीडितहरु आन्दोलन गर्न पुनः आइपुगे काठमाडौं, सिफलको खुला चौरमा बसे बास
Around 2000 Microfinance victims from all over the country have arrived in Kathmandu on Sunday 18 February 2024. 
According to Datti Parki, a victim of Dadeldhura, it took over 1000 victims six days to reach Kathmandu by foot through Muglin. The government did nothing even after forming a committee, so I am here to poke at them, They walked from Muglin and stayed at Tribhuvan Park in Thankot Saturday evening after 6 days. The past few months ago Victims of microfinance institutions were staging demonstrations in Kathmandu with various demands including revocation of microfinance institutions
Photo-Prabin Ranabhat

काठमाडौं। लघुवित्त तथा वित्तीय संस्था पीडितहरु आन्दोलन गर्न पुनः हिँडेरै काठमाडौं आइपुगेका छन्। काठमाडौं आइपुगेका उनीहरु चिसोमा सिफलको खुला चौरमा बास बसेका छन्।

Tata
GBIME

देशभरबाट करिब २ हजार पीडितहरु काठमाडौं आइपुगेको र आउने क्रम अझै जारी रहेको संघर्ष समितिका केन्द्रीय अध्यक्ष मनिराम ज्ञवालीले जानकारी दिए।

डडेल्धुरादेखि आएकी ६८ वर्षीया दत्ती पार्की, भन्छिन्, ‘माइक्रो फाइनान्सले घरखेत सबै लग्न लाग्यो। गाउँमा बस्न सक्ने अवस्था भएन। ऋण जति तिरे पनि नसकिने अवस्था भएपछि केही सिप नलागेर सरकारसँग गुहार माग्न काठमाडौं आयौँ।’

पीडितहरु यसअघि पनि धेरै समूह बनाएर देशका विभिन्‍न ठाउँबाट काठमाडौं आएका थिए। सरकारले समिति बनाएर पनि केही काम नगरेपछि पुनः सरकारलाई झकझकाउन आएको पीडितहरु बताउँछन्।

करिब ६ दिन लगाएर २ हजारभन्दा बढी पीडितहरु मुग्लिनदेखि काठमाडौंसम्म हिँडेर दबाबपूर्ण आन्दोलन गर्दै आएका हुन्। उनीहरू देशभरदेखि आएर मुग्लिनमा जम्मा भएका थिए।