BIZMANDU
www.bizmandu.com

आजको मौसम पूर्वानुमान : कोशी प्रदेशमा वर्षासँगै हिमपातको सम्भावना

२०८० फागुन ३

आजको मौसम पूर्वानुमान : कोशी प्रदेशमा वर्षासँगै हिमपातको सम्भावना
आजको मौसम पूर्वानुमान : कोशी प्रदेशमा वर्षासँगै हिमपातको सम्भावना

काठमाडौं। हाल नेपालमा पश्‍चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Tata
GBIME
Nepal Life

महाशाखाका अनुसार बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बिहीबार राति कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।