BIZMANDU
www.bizmandu.com

सेयर बजार १५.३३ अंकले हरियो, नाफा बढेको वित्तीय रिपोर्टले बढेन हिमालयन रि इन्स्योरेन्सको मूल्य

२०८० माघ २९

सेयर बजार १५.३३ अंकले हरियो, नाफा बढेको वित्तीय रिपोर्टले बढेन हिमालयन रि इन्स्योरेन्सको मूल्य
सेयर बजार १५.३३ अंकले हरियो, नाफा बढेको वित्तीय रिपोर्टले बढेन हिमालयन रि इन्स्योरेन्सको मूल्य

काठमाडौं। सेयर बजार परिसूचक सोमबार १५.३३ अंकले बढेको छ। बजार खुलेको करिब दुई घण्टामा २०८२ अंकमा ओर्लिएको नेप्से त्यसपछि उकालो लागेर अन्तिममा २२०१.१६ विन्दु कायम भएको हो।

Tata
GBIME

अन्य बाहेक बाँकी सबै उपसमूहले नेप्से हरियो बनाएका हुन्। उत्पादन तथा प्रशोधन उपसमूहको सूचक सबैभन्दा धेरै २.२२ प्रतिशतले बढेको छ। बजारमा ४५ कम्पनीका लगानीकर्ताले गुमाउँदा १९९ कम्पनीका लगानीकर्ताले कमाएका छन्।

बोटलर्स नेपाल बालाजु, समाज लघुवित्त लगायत पाँच कम्पनीको सेयर मूल्य सर्किट लागेर बढेको छ। पोहोर ६ महिनाको तुलनामा करिब शतप्रतिशतले मुनाफा बढाएको हिमालयन रि इन्स्योरेन्सको सेयर मूल्य भने प्रति कित्ता २.८० रुपैयाँ घटेको छ।

३ अर्ब ५८ करोडको सेयर ६९ लाख रुपैयाँको सेयर किनबेच हुँदा हिमालयन रि इन्स्योरेन्सको २३ करोडको कारोबार भएको छ।