BIZMANDU
www.bizmandu.com

राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन प्रधानमन्त्री दाहालले बुझाए राष्ट्रपति पौडेललाई

२०८० माघ २९

राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन प्रधानमन्त्री दाहालले बुझाए राष्ट्रपति पौडेललाई
राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन प्रधानमन्त्री दाहालले बुझाए राष्ट्रपति पौडेललाई


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललसमक्ष पेस गरेका छन्।

Tata
GBIME
NLIC

राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्षसमेत रहेका दाहालले सोमबार राष्ट्रपति पौडेल समक्ष प्रतिवेदन बुझाएका हुन्।

परिषद्ले मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता, स्वतन्त्रता, अखण्डता र सुरक्षालगायत संवेदनशील कार्यमा आफ्नो रणनीतिक दृष्टिकोणसहित ठोस सुझाव दिएको छ। संविधानको धारा २६६ को उपधारा ३ मा परिषद्ले आफूले गरेको काम कारवाहीको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस गर्नुपर्ने व्यवस्था छ।

राष्ट्रपति पौडेलले मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता, स्वतन्त्रता, अखण्डता र राष्ट्रिय सुरक्षालगायत संवेदनशील कार्यमा परिषद्ले चनाखो रही काम गर्नेमा आफू विश्वस्त रहेको बताए। उनले राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयनमा पनि जोड दिए।

राष्ट्रपतिलाई राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन बुझाएपछि प्रधानमन्त्री, मन्त्री लगायत। तस्वीर: राष्ट्रपतिको सचिवालय

प्रतिवेदन बुझाउन प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत, प्रधानसेनापति प्रभुराम शर्मा लगायत शीतल निवास पुगेका थिए।