BIZMANDU
www.bizmandu.com

अम्बे स्टिल्सले प्रिमियममा आइपीओ जारी गर्ने, विशेष प्रस्ताव साधारण सभामा राख्दै

२०८० माघ २९

अम्बे स्टिल्सले प्रिमियममा आइपीओ जारी गर्ने, विशेष प्रस्ताव साधारण सभामा राख्दै
अम्बे स्टिल्सले प्रिमियममा आइपीओ जारी गर्ने, विशेष प्रस्ताव साधारण सभामा राख्दै

काठमाडौं। अम्बे स्टील्स लिमिटेडले प्रिमियम मूल्यसहित साधारण सेयर जारी गर्ने भएको छ। कम्पनी सञ्चालक समितिको गत बिहीबारको बैठकले सेयर जारी गर्ने विशेष प्रस्तावसहित साधारण सभा आह्वान गरेको छ।

Tata
GBIME

साधारण सभा फागुन २३ गते बुधबार ११ बजे कम्पनीको कर्पोरेट कार्यालय टेकुमा हुने भएको छ। सभामा कम्पनीले प्रिमियम मूल्यमा साधारण सेयर निष्कासन एवं बिक्री गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव लगिएको छ।

साथै सभाबाट सार्वजनिक निष्कासनका लागि बिक्री प्रबन्धक तथा अन्डरराइटर नियुक्त गर्ने प्रस्ताव पारित गरिने भएको छ।

साथै साधारण सभामा नै सार्वजनिक निष्कासन (आइपीओ) बाट प्राप्त रकमलाई उपयोग गर्ने सम्बन्धमा छलफल समेत गरिने छ। यसबाहेक सभामा अन्य नियमित प्रस्तावहरु पारित गरिने भएको छ।