BIZMANDU
www.bizmandu.com

कालिञ्चोक दर्शनको नाफामा सुधार, प्रति सेयर नेटवर्थ ९७.९४ रुपैयाँ पुग्यो

२०८० माघ २९

कालिञ्चोक दर्शनको नाफामा सुधार, प्रति सेयर नेटवर्थ ९७.९४ रुपैयाँ पुग्यो
कालिञ्चोक दर्शनको नाफामा सुधार, प्रति सेयर नेटवर्थ ९७.९४ रुपैयाँ पुग्यो

काठमाडौं। कालिञ्चोक दर्शन लिमिटेडको नाफामा सुधार देखिएको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणमा नाफा तथा आम्दानीमा उल्लेख्य सुधार देखिएको हो।

Tata
GBIME
Zonsen

कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले चालु वर्षको दोस्रो त्रैमास सम्ममा ६४ लाख ३४  हजार खुद नाफा आर्जन गरेको छ। गत वर्ष सोही अवधीमा कम्पनीले ६० लाख ४७ हजार खुद नाफा आर्जन गरेको थियो।

कम्पनीको व्यापार बढेकोले नाफा राम्रो देखिएको हो। कम्पनीले पुस मसान्त सम्म ३ करोड ४३ लाख आम्दानी गरेको छ। गत वर्ष २ करोड ६१ लाख नाफा गरेको थियो।

कम्पनीको खर्च भने बढेको छ। गत वर्ष ४२ लाख ८४ हजार कर्मचारी खर्च रहेकोमा यो वर्ष बढेर ४६ लाख ४४ हजार पुगेको हो। नाफा बढेपनि कम्पनीको प्रति सेयर आम्दानीमा भने खासै सुधार छैन। पुस मसान्त सम्म कम्पनीको प्रति सेयर आम्दानी १.१४ रुपैयाँ छ। गत वर्ष १.१६ रुपैयाँ थियो। कम्पनीको प्रति सेयर नेटवर्थ ९७.९४ रुपैयाँ छ। गत वर्ष ९०.८६ रुपैयाँ थियो।