BIZMANDU
www.bizmandu.com

मौद्रिक समीक्षा पारित गर्न आज साँझ सञ्चालक समितिको बैठक, नीतिगत दरहरु पुन: घट्ने

२०८० माघ २९

मौद्रिक समीक्षा पारित गर्न आज साँझ सञ्चालक समितिको बैठक, नीतिगत दरहरु पुन: घट्ने
मौद्रिक समीक्षा पारित गर्न आज साँझ सञ्चालक समितिको बैठक, नीतिगत दरहरु पुन: घट्ने

काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबार साँझ चालु वर्षको मौद्रिक नीतिको अर्ध बार्षिक समीक्षा पारित गर्न सञ्चालक समितिको बैठक डाकेको छ।

Tata
GBIME

यसअघि बिहान डाकेर दिउँसोसम्म सार्वजनिक गर्दै आएको राष्ट्र बैंकले यसपालि भने साँझ डाकेको छ।

‘आज कार्यालय समयपछि सञ्चालक समिति बैठक डाकिएको छ। एजेण्डा अर्ध बार्षिक समीक्षा नै हो’ गभर्नर कार्यालय स्रोतले भन्यो, ‘भरसक आजै छलफल सकेर उतिबेलै वेबसाइटमा राख्ने योजना हो। नभए भोलि सार्वजनिक गर्न सकिन्छ।’

राष्ट्र बैंकले यो पटक खासै ठूलो परिवर्तन नगर्ने स्रोतले बतायो। गभर्नर महाप्रसाद अधिकारीमाथिको दबाब असोजको समीक्षापछि सकिएको छ। अर्थतन्त्र चलायमान बनाउनका लगि अब सरकारले काम गर्नु पर्ने छ।

यद्यपी राष्ट्र बैंकले नीतिगत दरहरु पनि चलाउने छ। नीतिगत दर महँगै रहेकाले सरकारलाई पैसा उठाउन लागत पर्ने भएकाले पनि उसले घटाउने भएको हो।