BIZMANDU
www.bizmandu.com

नेप्सेमा १०.५० अंकको गिरावट, युनिलिभरका लगानीकर्ताले गुमाए प्रति कित्ता २,९५० रुपैयाँ

२०८० माघ २८

नेप्सेमा १०.५० अंकको गिरावट, युनिलिभरका लगानीकर्ताले गुमाए प्रति कित्ता २,९५० रुपैयाँ
नेप्सेमा १०.५० अंकको गिरावट, युनिलिभरका लगानीकर्ताले गुमाए प्रति कित्ता २,९५० रुपैयाँ

काठमाडौं। गत साता लगातार तीन दिन बढेको सेयर बजार परिसूचक यो साता पहिलो दिन १०.५० अंकले घटेको छ। विकास बैंक, जलविद्युत र म्युचुअल फण्ड बाहेकका बाँकी उपसमूहले नेप्से २०८२.८२ विन्दुमा ओरालेका हुन्।

Tata
GBIME

९१ कम्पनीका लगानीकर्ताले कमाउँदा १४८ कम्पनीको सेयर मूल्य घटेको छ। एनआईसी एसिया ग्रोथ फण्ड-२ मा नकारात्मक सर्किट लागेको छ। यस्तै युनिलिभर नेपालका लगानीकर्ताले ७.१४ प्रतिशत अर्थात प्रति कित्ता २,९५० रुपैयाँ गुमाएका छन्। यो कम्पनीको सेयर मूल्य प्रति कित्ता ३८ हजार ३५० रुपैयाँ छ।

समाज लघुवित्त र कुथेली बुखरी हाइड्रोपावरको सेयर मूल्य भने सर्किट लागेर बढेको छ। बजारमा ४ अर्ब ८ करोड ५६ लाख रुपैयाँको सेयर किनबेच भएको छ। त्यसमध्ये ६२ करोड ४७ लाखको सेयर हिमालयन रि इन्स्योरेन्सको हो।