BIZMANDU
www.bizmandu.com

सुनचाँदी बजारः सुन प्रति तोला ५ सय रुपैयाँ घट्यो, चाँदीको मूल्य स्थिर  

२०८० माघ २८

सुनचाँदी बजारः सुन प्रति तोला ५ सय रुपैयाँ घट्यो, चाँदीको मूल्य स्थिर  
सुनचाँदी बजारः सुन प्रति तोला ५ सय रुपैयाँ घट्यो, चाँदीको मूल्य स्थिर  

काठमाडौं। साताको पहिलो दिन सुन तोलामा ५ सय घटेर कारोबार मूल्य निर्धारण भएको छ भने चाँदी स्थिर छ।

Tata
GBIME

सुन प्रति तोला १ लाख १८ हजार रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गत शुक्रबार तोलाको १ लाख १८ हजार ५ सय रुपैयाँ थियो भने बिहीबार १ लाख १८ हजार ४ सय रुपैयाँ थियो।   

चाँदी तोलाको १३ सय ९० रुपैयाँमा स्थिर छ। गत बिहीबारको तुलनामा २० रुपैयाँको बढोत्तरीपछि शुक्रबार उक्त मूल्यमा आइपुगेको हो। बिहीबार तोलाको १३ सय ७० रुपैयाँ थियो।   

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रति औंस २०२४.४९ डलर छ भने चाँदी २२.६१ डलरले कारोबार भइरहेको छ।