BIZMANDU
www.bizmandu.com

टुँडिखेलमा डम्फू र टुङ्गाको धुनमा यसरी नाचे कुलागी-लुकुनीमा सजिएका युवायुवती

२०८० माघ २७

टुँडिखेलमा डम्फू र टुङ्गाको धुनमा यसरी नाचे कुलागी-लुकुनीमा सजिएका युवायुवती
टुँडिखेलमा डम्फू र टुङ्गाको धुनमा यसरी नाचे कुलागी-लुकुनीमा सजिएका युवायुवती


काठमाडौं। राष्ट्रिय सोनाम ल्होछारका अवसरमा आज टुँडिखेलमा तामाङ सांस्कृतिक महोत्सवको आयोजना गरिएको छ।

Tata
GBIME

महोत्सवमा तामाङ समुदायको वेशभूषा, रहनसहन, खानाका परिकारसहित समेटिएको सयौँभन्दा बढी प्रदर्शनी कक्ष राखिएका छन्। महोत्सवमा कुलागी, लुकुनी, स्यान्थापलगायत पराम्परागत पोसाकमा सजिएका युवायुवती डम्फू र टुङ्गाको धुनमा नृत्य प्रस्तुत गरेका थिए।

तामाङ जातिको सामाजिक, सांस्कृतिक एवं धार्मिक जीवनमा ल्होछार परम्पराको विशिष्ट स्थान रहेको छ। गणितमा आधारित ल्हो परम्परा तामाङ संस्कृतिकै अभिन्‍न अङ्ग बनेको छ।

नेपालमा मात्र नभई चीन, मङ्गोलिया, जापान, हङकङ, भियतनाम, लाओस, थाइल्यान्ड, ताइवान, मलेसिया, सिङ्गापुरमा पनि चन्द्रमासमा आधारित ल्होछार (नयाँ वर्ष) मनाइने गरेको छ। नेपालका ह्योल्मो, मनाङ्गे, हुम्ली तामाङ, डोल्पो, तोप्केगोला, सिङ्सा, ताङ्बे, थकाली, जिरेल, खाममगर, दुरा, भोटे, नेस्याङबा र केही शेर्पा समुदायले मान्दछन्।

काठमाडौं वरपरका काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, सिन्धुली, नुवाकोट, मकवानपुर, रसुवा, धादिङलगायत जिल्लामा तामाङ समुदायको जनसङ्ख्या १६ लाख रहेको बताइएको छ। बागमती प्रदेशले तामाङ भाषालाई सरकारी कामकाजको भाषाका रुपमा मान्यता प्रदान गरेको छ।