BIZMANDU
www.bizmandu.com

एनसेलद्वारा मधेश र गण्डकी प्रदेशमा फोरजी सेवा थप सुधार

२०८० माघ २६

एनसेलद्वारा मधेश र गण्डकी प्रदेशमा फोरजी सेवा थप सुधार
एनसेलद्वारा मधेश र गण्डकी प्रदेशमा फोरजी सेवा थप सुधार

काठमाडौं। एनसेलले मधेश र गण्डकी प्रदेशका विभिन्न जिल्लामा फोरजी नेटवर्क सुधार गरेको छ। मधेश र गण्डकीका ३० भन्दा बढी स्थानमा अब ग्राहकले फोरजीको सुदृढ नेटवर्क र मोबाइल ब्रोडब्याण्ड सुविधाबाट फाइदा लिन कम्पनीले जनाएको छ।

Tata
GBIME

सेवा विस्तार गर्दै मोबाइल ब्रोडब्यान्ड कनेक्टिभिटीमा पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता बमोजिम एनसेलले सेवामा थप सुधार गरेको हो।

मधेश प्रदेशका दुई दर्जनभन्दा बढी स्थानमा फोरजी सेवामा सुधार गरिएको छ। कम्पनीका अनुसार मधेश प्रदेशको औराही, बलवा, बटेश्वर, चन्द्रनगर, जनकपुरधाम, लोहरपट्टी, मटिहानी, मिथिला बिहारी, नहरा, नवराजपुर, पिपरालगायतका स्थानमा सेवा सुधार गरिएको हो।

गण्डकी प्रदेशको आँबूखैरेनी, घरपझोङ, फेदीखोला, पोखरा, पुतलीबजार र ताराखोलामा सुधारिएको फोरजी नेटवर्क सुधार गरिएको कम्पनीले जनाएको छ।

अन्य स्थानहरुमा पनि सेवाको अवस्था अनुसार सुधार गर्दै लैजाने कम्पनीको योजना छ। एनसेलले हालै सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशमा विभिन्न स्थानहरुमा फोरजी सेवा सुधार गरेको थियो।

एनसेलले २०७४ जेठ १८ देखि काठमाडौं उपत्यकाबाट फोरजी सेवा सुरु गरेको थियो। हाल सेवा ७७ वटै जिल्लामा विस्तार गरेको छ।

दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एनसेलको फोरजी सेवा प्रयोग गर्ने ग्राहकको सङ्ख्या असोजसम्म ६८ लाख ८५ हजार रहेको छ।