BIZMANDU
www.bizmandu.com

शान्तिवाटिकाबाट निकालिएपछि गेटमै धर्ना, हिउँदका चिसो रातमा फुटपाथको बास

२०८० माघ २४

शान्तिवाटिकाबाट निकालिएपछि गेटमै धर्ना, हिउँदका चिसो रातमा फुटपाथको बास
शान्तिवाटिकाबाट निकालिएपछि गेटमै धर्ना, हिउँदका चिसो रातमा फुटपाथको बास

काठमाडौं। माइतीघरको निषेधाज्ञापछि लामो समयदेखि शान्तिवाटिकामा धर्नामा बसेकाहरूलाई महानगरीय प्रहरीले मंगलबार बिहानदेखि हटाएको  थियो। वाटिकाबाट निकालिए पनि उनीहरू गेटबाहिरै धर्नामा बसेका छन्। दिउँसो आन्दोलन गर्ने र  रात परेपछि वाटिकामा पालमा उनीहरू बस्ने गरेका थिए।

Tata
GBIME

वाटिका भित्रबाट निकालिएपछि रत्नपार्क सडकछेउको फुटपाथको चिसोमै रात काटिरहेका छन्।

आन्दोलनकारी विगत ११ महिनादेखि शान्तिवाटिकामा बस्दै आएका थिए।

विभिन्न माग राख्ने समूहले ११ महिनादेखि शान्ति बाटिका कब्जा गरेको र त्यसले रानीपोखरी समेत फोहोर हुन थालेकाले भन्दै महानगरले उनीहरूलाई हटाएको थियो।