BIZMANDU
www.bizmandu.com

नेपाल र स्वीट्जरल्याण्डबीच हवाई सम्झौता, सातामा २८/२८ उडान गर्न पाइने

२०८० माघ २३

नेपाल र स्वीट्जरल्याण्डबीच हवाई सम्झौता, सातामा २८/२८ उडान गर्न पाइने
नेपाल र स्वीट्जरल्याण्डबीच हवाई सम्झौता, सातामा २८/२८ उडान गर्न पाइने


काठमाडौं। नेपाल र स्वीट्जरल्याण्डबीच द्विपक्षीय हवाई सम्झौता भएको छ। पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मंगलबार एक समारोहबीच हवाई सम्झौता गरिएको हो।

Tata
GBIME

सम्झौतामा नेपालका तर्फबाट मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछानेले हस्ताक्षर गरे। स्वीट्जरल्याण्डसँग २ वर्षदेखि हवाई सम्झौता गर्ने योजना बल्ल साकार भएको हो।

सम्झौता अनुसार अब दुवै देशका वायु सेवा प्रदायक कम्पनीले सातामा २८/२८ वटा उडान गर्न सक्ने मन्त्रालयका एक उच्च अधिकृतले जानकारी दिए। उनले युरोपियन युनियनको सुरक्षा सूचीका कारण नेपालबाट स्वीट्जरल्याण्डमा उडान गर्न समस्या नहुने दाबी गरे।

युरोपियन युनियनले सन् २०१३ देखि सुरक्षा सूचीमा राखेका कारण नेपाली कम्पनीले युरोपमा उडान गर्न पाएका छैनन्।

नेपालले द्विपक्षीय हवाई सम्झौता गरेका देशको संख्या ४२ पुगेको छ। मन्त्रालयले थप केही देशसँग पनि द्विपक्षीय हवाई सम्झौताको प्रक्रिया अगाडि बढाइएको जनाएको छ।