BIZMANDU
www.bizmandu.com

एभरेष्ट बैंक र धनगढी नेत्रालयबीच सम्झौता, अस्पतालको सेवामा बैंकका ग्राहकलाई १०% सम्म छुट

२०८० माघ २३

एभरेष्ट बैंक र धनगढी नेत्रालयबीच सम्झौता, अस्पतालको सेवामा बैंकका ग्राहकलाई १०% सम्म छुट
एभरेष्ट बैंक र धनगढी नेत्रालयबीच सम्झौता, अस्पतालको सेवामा बैंकका ग्राहकलाई १०% सम्म छुट

काठमाडौं। एभरेष्ट बैंक र धनगढी नेत्रालयबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता भएको छ। बैंकका ग्राहकले नेत्रालयका विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउने गरी सम्झौता भएको हो।

Tata
GBIME
Nepal Life

बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र नेत्रालयका अध्यक्ष गजेन्द्र बहादुर चन्दको उपस्थितिमा बैंकका वरिष्ठ प्रबन्धक सतिश प्रताप सिंह र नेत्रालयका मेडिकल डाइरेक्टर डा. रविधर भण्डारीले सम्झौतामा हस्ताक्षर गरेका छन्।

सम्झौतासँगै बैंकका ग्राहक, कर्मचारी र तिनका पारिवारका सदस्यले अस्पतालको ओपीडी, आईपीडी र चश्मा तथा फ्रेममा १० प्रतिशतसम्म छुट पाउनेछन्। यस्तै, फार्मेसी तथा सर्जरी सेवामा ५ प्रतिशतसम्म छुट पाउने सम्झौतामा उल्लेख छ।