BIZMANDU
www.bizmandu.com

सूर्यज्योति लाइफको नाफा ६२.९२ प्रतिशतले वृद्धि, प्रतिसेयर आम्दानी १०.१४ रुपैयाँ

२०८० माघ २२

सूर्यज्योति लाइफको नाफा ६२.९२ प्रतिशतले वृद्धि, प्रतिसेयर आम्दानी १०.१४ रुपैयाँ
सूर्यज्योति लाइफको नाफा ६२.९२ प्रतिशतले वृद्धि, प्रतिसेयर आम्दानी १०.१४ रुपैयाँ

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा उल्लेख्य बढेको छ। कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २३ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

Vigo
GBIME
Tata

अघिल्लो ६ महिनाको तुलनामा कम्पनीको खुद नाफा ६२.९२ प्रतिशतले वृद्धि भएको सार्वजनिक वित्तीय विवरणले देखाउँछ।
पोहोर ६ महिनामा कम्पनीले १४ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। कम्पनीको व्यवसाय विस्तारमा देखिएको सुधारले नाफामा उच्च वृद्धि भएको देखिन्छ।

यो अवधिसम्म सूर्यज्योति लाइफले ४ अर्ब १५ करोड रुपैयाँ खुद प्रिमियम संकलन गरेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १६५.१५ रुपैयाँ छ ।

प्रतिसेयर आम्दानी १०.१४ रुपैयाँ छ। दोस्रो त्रैमाससम्म कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५४ करोड रुपैयाँ छ।