काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजारमा ३०.९२ अंकको गिरावट आएको छ। यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ४.६९ अंकले घटेको छ। नेप्से बुधबार २१.६८ अंकले घटेको थियो। नेप्से परिसूचक २०६७.०१ बिन्दुमा झरेको छ।
फाइनान्सबाहेकका १२ वटा उपसमूहले नेप्से घटाएका हुन्। जलविद्युत उपसमूहको सूचक सबैभन्दा धेरै २.३५ प्रतिशतले घटेको छ। अन्य उपसमूहको सूचकमा पनि २ प्रतिशतको गिरावट आएको छ।
बजारमा २२६ कम्पनीका लगानीकर्ताले गुमाउँदा सामलिङ पावर कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ९.४२ प्रतिशतले घटेको छ। कम्पनीको सेयर मूल्य प्रति कित्ता ६५ रुपैयाँ घटेको हो। यस्तै मिड सोलु हाइड्रोपावरको सेयर मूल्य पनि ६.८८ प्रतिशत अर्थात प्रति कित्ता ५२.२० रुपैयाँले ओरालो लागेको छ।
फाइनान्स उपसमूहको सूचक भने ०.२१ प्रतिशतले बढेको छ। १९ कम्पनीका लगानीकर्ताले कमाउँदा समाज लघुवित्तको सेयर मूल्य ६.१० प्रतिशतले उकालो लागेको छ।
कारोबार रकममा पनि गिरावट देखिएको छ। ४ अर्ब १८ करोड रुपैयाँको सेयर किनबेच भएको छ। यो रकम बुधबारको तुलनामा १ अर्ब ब११ करोडले कम हो।
हिमालयन रि इन्स्योरेन्सको ५४ करोड रुपैयाँको कारोबार भएको छ। प्रोपिट बुकिङका कारण बिक्रीमा चापका कारण कम्पनीको सेयर मूल्य प्रति कित्ता १९.५० रुपैयाँ घटेको छ।